Trending :
 

कोरोनाका कारण नेपालसँगको खेल अक्टोबरमा सार्न अष्ट्रेलियाको प्रस्ताव

फाल्गुण २३,२०७६

-

फागुन २३,२०७६ काठमाडौं ।
फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तरगत नेपाल र अष्ट्रेलियाबीच तय भएको खेल अक्टोबरमा सार्न अष्ट्रेलियाले प्रस्ताव गरेको छ ।
 
अष्ट्रेलियन फुटबल फेडेरेसनले एएफसीलाई पत्र लेख्दै अहिले विश्वभर कोरोना भाइरसको त्रास रहेको उल्लखे गर्दै काठमाडौंमा हुने तय भएको खेल अक्टोबरमा सार्न प्रस्ताव गरेको हो ।
 
अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव इन्द्रमान तुलाधरले अष्ट्रेलियाले एएफसीलाई प्रस्ताव गरेको पुष्टि गरेका छन् ।
 
समूह बी अन्तर्गत नेपालले मार्च २६ मा चाइनिज ताईपेई र मार्च ३१ मा अष्ट्रेलियासँग दशरथ रंगशालामा खेल्ने तय भएको थियो ।
 
यसअघि नेपाल अष्ट्रेलियासँग उसैको घरेलु मैदानमा ५-० गोल अन्तरले पराजित भएको थियो ।
 
कोरोना भाइरसका कारण नेपाली खेलकुद क्षेत्र पनि प्रभावित भएको छ । बिहीबार मात्रै राष्ट्रिय खेलकुद परिाषद् ९राखेप०ले सवै खेलकुदका गतिविधि रोक्ने निर्णय गरेको थियो ।