नालायक सरकार : महंगी बढाउने को को ?

कालीमाटीदेखि देशभरका तरकारी बजारका बिचौलिया यतिबेला दशैं आएको खुलमखुल्ला भन्दै हिडेका छन्:

फाल्गुण २३,२०७६

-

 आस्थान्युज बिशेष–
काठमाडौं । कोरोना भाइरसको कारण देखाएर कालाब्यापारीदेखि विचौलिया हावी हुँदा सर्बसाधारण त्रसित वनेका छन् । केपी शर्मा ओलीको यो सरकार गठन हुँदादेखि बढेको महंगी कोरोना भाइरसको त्रास देखाएर झन झन उकालो लागिरहेको छ । यो महंगी बढाउने मुख्य पात्र को को हुन् ? जनताले चिन्न आवस्यक छ ।
 
कृषिमन्त्रीमा जब घनश्याम भुसाल आए, तब कालीमाटीदेखि देशभरका तरकारी वजारका विचौलियाले दशैं आएको खुलमखुल्ला भनेका थिए । भुसाले अहिले विचौलिया संरक्षण मात्र गर्देनन्, महंगी बढाउन ब्यापारीहरुलाई उचालिरहेका छन् । 
 
 मंहगी बढाउने अर्का पात्र हुन्, आपुर्तिमन्त्री लेखराज भट्ट । यिनले अहिले खाद्यान्नमा कालाबजारीलाई साथ दिएका छन् । महंगी घट्ने त कुरै छोडौं, यी मन्त्री भएपछि बजारमा खाद्य सामग्रीको अभाव सृजना गरिएको छ ।
 
 यो सरकारलाई वदनाम गर्ने अर्को पात्र हुन्, अर्थमन्त्री युवराज खतिवडा । यी अहिले संचारमन्त्रीमा पनि विराजमान छन् । यिनले प्रधानमन्त्रीलाई गलत रिपोर्ट पेश गरेर देशभर महंगी बढाइदिएका छन् । जब यी मन्त्री भए, तबम महंगी मात्र बढेन, शेयर कारोवारदेखि ब्यापारीक गतिविधी ठप्प भएको छ । 
 
अब लागौं, के के भइरहेको छ अहिले महंगी बढाउन ?
सिंहदरबारभित्र पस्दा लाग्थ्यो, प्रधानमन्त्री अचेत अवस्थामै भए पनि सरकार त चलिरहे कै छ त ?  तर, सरकार चलेको र नचलेको हेर्न सिंहदरबारभित्र पसेर मात्र पुग्दो रहेन छ ।
 
सिंहदरबार बाहिर सुलह जसरी फैलिएको कोरोना भाइरसको सन्त्रासले जनमानस उकुस-मुकुस भइरहेका छन् । शुक्रबारसम्म आइपुग्दा त सिंहदरबार कै छेउ, अनामनगरमा देखिएको ग्यास सिलिण्डरको लाइनले सरकारको असफलता छताछुल्लै बनाएको छ ।
 
नेपालमा अहिलेसम्म कोरोना पसिहालेको छैन । तर, कोरोनाको भ्रम पसिसकेको छ । र, यो भ्रमले जनजीवनमा प्रशस्त असर गरिरहेको छ । यहीँनेर सरकारको भूमिका देखिनुपर्ने हो । तर सरकार कहाँ छ, थाहा छैन । प्रधानमन्त्री अस्पतालमा छन, कार्यभार कसैलाई हस्तान्तरण गरिएको छैन । यो बेला आपतकालीन क्याबिनेट मिटिङ राखौं न त भन्दा राख्ने ठाउँ छैन ।
 
धन्न, प्रधानमन्त्रीले अस्पताल भर्ना हुनुपूर्व आइतबारको मन्त्रिपरिषद बैठकबाटै एउटा उच्चस्तरीय समिति गठन गरिदिएका थिए । त्यो समिति नभएको भए प्रधानमन्त्री निको भएर काममा नफर्किँदासम्म सबै मन्त्रीहरु सिंहदरबारमा सामूहिकरुपमा जम्मा हुने आधारसमेत बन्ने थिएन ।
 
आइतबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको त्यही समिति नै अहिले ‘मिनी क्याबिनेट’ को भूमिकामा अस्थित्वमा छ । अहिलेको सरकार त्यही ‘मिनी क्याबिनेट’मार्फत उपप्रधानमन्त्रीले चलाइरहेका छन् । भनौं, चलाउन खोजिरहेका छन् ।
 
आइतबारको क्याबिनेटले पोखरेलको संयोजकत्वमा गठन गरेको समितिको नाम हो-कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय अनुगमन समिति । यो समितिमा गृहमन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्यमन्त्री, पर्यटनमन्त्री, कृषिमन्त्री र उद्योगमन्त्री लगायत आवद्ध छन् ।
 
प्रधानमन्त्रीको अनुपस्थितिमा क्याबिनेट बैठक बस्न नमिले पनि उपप्रधानमन्त्री पोखरेलको अध्यक्षतामा आधा दर्जन मन्त्रीहरु भेला हुन पाउने आधार भनेकै यही समिति मात्र हो अहिले ।
 
यसैबीच, बिहीबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री पोखरेलको अध्यक्षतामा समितिको बैठक बस्यो । बैठकले कोरोनाबारे जनमानसमा फैलिएको भ्रम र बजारको अवस्थाबारे छलफल गरेको थियो । बजारमा अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिने, यसबारे अध्ययन गर्ने र सरकारका तर्फबाट आधिकारिक वक्तव्य दिनेबारेमा पनि समितिमा छलफल भएको सहभागी मन्त्रीहरु बताउँछन् ।
 
तर, सञ्चारमन्त्री खतिवडाले बिरालो बाँधेको शैलीमा नियमित पत्रकार सम्मेलन गर्नुबाहेक सरकारले जनतामा कुनै आधिकारिक सन्देश जारी गरेन । समितिको संयोजकका हैसियतले उपप्रधानमन्त्री ईश्वर पोखरेलले नै पत्रकार सम्मेलन गरेको भए पनि हुन्थ्यो, सरकारले त्यो पनि गर्न सकेन । ढुंगो बोल्ला, गृह मन्त्रालय बोलेन ।
 
सरकारले जनतामा स्पष्ट सूचना र सन्देश दिन नसक्दा शुक्रबार बिहान अनामनगरमै ग्यासका सिलिण्डरको भयावह लाइन देखियो । कोरोना भाइरस भनेको भारतीय नाकाबन्दीजस्तो होइन, यसबाट आपूर्ति व्यवस्थामा कुनै असर पर्दैन भनेर सरकारले जनतालाई बुझाउनै सकेन ।
 
औपचारिक मिडियाले आ–आफ्नो ढंगबाट भ्रमहरु चिर्ने प्रयास गरे पनि सामाजिक सञ्जालमार्फत फैलने उपप्रधानमन्त्रीले हाँक्न नसकेको सरका र र्युमरका कारण बजारमा उपभोक्ताहरु प्रभावित भए, भइरहेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले ग्यास र चामलको अभाव हुँदैन, मेरो जिम्मा भो भनेता पनि सरकारी संयन्त्रहरुले जनतालाई आश्वस्त पार्न नसक्दा अलमलको अवस्था कायम रहेका दावी गरे ।
 
कोठामा बसेर ड्याङ–ड्याङ निर्णय गर्न सजिलो हुन्छ । तर, दैनिक सरकार सञ्जालन फरक विषय हो । यस बीचमा सरकार आफैंले आत्तिने खालका निर्णयहरु र्गयो । जस्तो-सगरमाथा संवाद स्थगित गरिएको छ । पर्यटन वर्ष कोमामा छ । सगरमाथा संवाद प्रधानमन्त्री बिरामी भएर हुन नसकेको पो हो कि ?
 
सरकारले ‘कोरोनाका कारण’ भन्दै हठात निर्णय लिएको छ ।
 सरकारमा रहेका सबैभन्दा नालायक र भ्रष्ट मन्त्री भुसाल, भट्ट, खतिवडा वाहेक, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, रक्षामन्त्री इश्वर पोखरेल, खानेपानी मन्त्री विना मगर, पर्यटनमन्त्री योगेश भट्टराई हुन् । यी सात जना मन्त्रीका कारण अहिले सरकार सबैभन्दा कमजोर सावित भइसकेको छ । महंगी बढाउने  र सरकारलाई असफल बनाउने मुख्य भुमिका यी सातजना मन्त्री नहटाएसम्म देश र जनताले दुख पाइरहनेछन् ।