अमिर दोङ अभिनित ह्वाम्ला मायासे बोलको यस्तो आयो गीत

फाल्गुण २३,२०७६

-

फागुन २३,२०७६ काठमाडौं ।
तामाङ समुदायका महानायक अमिर दोङ अभिनित ह्वाम्ला मायासे
बोलको गीत बजारमा आएको छ । 
 
समुदायका महानायकको उपनामले परिचित दोङलाइ फरक
लुक्समा भिडियोमा देख्न सकिन्छ ।
 
तामाङ समुदायमा सबैभन्दा धेरै चलचित्रमा नायकको भूमिकामा अभिनय र
निर्देशन गरेका दोङले नेपाली चलचित्र ुसुर्य किरणु समेत निर्देशन
गरिसकेका छन ।
 
उनले १ हजार भन्दा भिडियोमा अभिनय गरिसकेका छन । तामाङ
फिल्म होस या म्युजिक भिडियोमा फरक र नयाँपन ल्याउने गरेका दोङले यो
भिडियोमा नयाँ प्रयोग गरेका छन ।
 
दिपेश प्रधानले मिक्सिङ गरेको गीतमा शब्द, सङ्गित र स्वर चर्चित गायक एंव
संगीतकार बिशाल काल्तानको रहेको छ भने चर्चित गायिका जितु लोप्चनले आवाज
साथ दिएकी छिन । 
 
भिडियोमा सम्पादन,कोरियोग्राफ र अभिनय स्वंय अमिर दोङ्को रहेको छ भने मिस तामाङ २०१८ फस्ट रनर अप रन्जिता लामाको अभिनय
एकसाथ देख्न सकिन्छ ।
 
भिडियोलाई छायांकन र ड्रोन सुर्य लामाले गरेका हुन भने ड्रेस डिजाइनिङ
क्लोथिङ इन नेपाल, अनिता नेगिले गरिकी हुन । 
 
महानायक दोङले निर्देशन गरेको भिडियोमा सुस्मा मोक्तान, पदम दोङ, कुइसाङ रुम्बा, बिशाल थिङ, मिलन
स्याङतान र बाल कलाकारहरुमा सुआङ दोङ र जस्मि तामाङको अभिनय रहेको छ ।