अफगानिस्तानमा राजनीति संकट चर्कियो, दुई राष्ट्रपति, दुईटैको समारोहमा अतिथीलाई निम्ता
-
काबुल । अफगानस्तानमा दुईजना राजनीतिज्ञले एकैपटक राष्ट्रपति पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन् । अफगानिस्तानमा विपक्षी राजनीतिक दलका नेताले अलग्गै शपथ ग्रहण समरोहको उपस्थितिका लागि मुलुकभित्र र बाहिरका उच्च पदस्थ व्यक्तित्व र कुटनीतिज्ञलाई निम्तो दिएका छन् ।
अफगानिस्तानमा निर्वा्चित राष्ट्रपति असरफ घानीका विपक्षी अब्दुल्लाह अब्दुल्लाहले समानान्तर शपथ ग्रहण समारोहका लागि निम्तो पठाएको अब्दुल्लाहका प्रवक्ता फरैदुन खाजुनले शनिबार बताएका हुन् । उनले भने, “हामीले सबै राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय संघसंस्थाहरुलाई राष्ट्रपतिको शपथ ग्रहणका लागि निम्तो पठाइसकेका छौं र आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ ।“ उनले सोमबार बिहान घानीको शपथ ग्रहणकै समयमा अब्दुलाहले पनि राष्ट्रपतिको शपथ ग्रहण गर्ने जानकारी दिएका छन् ।
पछिल्लो समानान्तर सरकार बनाउने धम्कीले अघिल्लो साता भएको शान्ति सम्झौतालाई नै जोखिममा पार्ने देखिन्छ । फेब्रअरी २९ मा संयुक्त राज्य अमेरिका र तालिबानबीच १८ वर्ष लामो युद्ध अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । जसमा अफगानिस्तानमा रहेको आफ्नो सेना अमेरिकाले फिर्ता लिने सम्झौतासँगै अफगान सरकार र तालिबानबीच वार्ताको वातावरण बन्ने अपेक्षा गरिएको थियो ।
सेप्टेम्बरमा भएको राष्ट्रपतिय निर्वाचनको नतिजा फेब्रअुरीमा सार्वजनिक भएको थियो । अफगानिस्तानको इलेक्ट्रोल कमिसनले घानीलाई विजयी घोषणा गरेको थियो । तर, अब्दुल्लाहले भने आफू निर्वा्चित भएको दाबी गर्दै सरकार गठन गर्ने बताएका थिए ।
राष्ट्रपति घानीका प्रवक्ता सिद्दिक सिद्दिकीले गत वर्षको निर्वाचनमा घानी पक्षधर विजयी भएको बताएका छन् । “निर्वाचनको समय सकिएको र मुलुकको संविधान बमोजिम निर्वाचनको परिणाम अनुसार स्वतन्त्र निर्वाचन आयोगले घानीलाई जितको प्रमाणपत्र दिइसकेको छ,“ प्रवक्ता सिद्दीकीले भने । घानी र अब्दुल्लाह पहिलेदेखि नै आमने(सामने थिए । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका अब्दुल्लाहलाई अघिल्लो सरकारमा प्रमुख कार्यकारी पद स्थापना गरेर जिम्मेवारी दिइएको थियो ।
कुटनीतिज्ञ तथा विज्ञहरुले अफगानी राजनीतिज्ञहरुबीचको समाञ्जयस्ता र वार्ताका अभावमा समस्या उत्पन्न भएको र यसले तालिबानसँगको वार्तालाई थप अप्ठ्यारोमा पार्ने बताएका छन् । काबुलस्थित एक दूतावासकाले अब्दुल्लाहको पनि शपथ ग्रहणको निम्तो आएको उल्लेख गर्दै भने, “यो शान्ति प्रक्रियाका लागि अशुभ संकेत हो ।“
उनले विभिन्न मुलुकका कुटनीतिज्ञहरुले एकअर्कालाई फोन तथा म्यासेज गरेर आ(आफ्नो योजनाका बारेमा छलफल गरिरहेको बताए । एक कुटनीतिज्ञले भने,‘अफगानिस्तास्थित अमेरिकी प्रतिनिधि जामेइ खालिलजादले दुबै पक्षसँग वार्ता गरेर सोमबाअघि नै समस्याको समाधान गर्न खोजिरहेका छन् ।’ ( स्रोत : अलजजिरा )