आषाढ ०८,२०७४
-
असार ८ –
चलचित्र ‘रुदाने – विद्रोह नेपाली नाम’ को फर्स्टलुक सार्वजनिक भएको छ ।
राजनीतिज्ञ अवम दार्शनिक रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने’को फर्स्टलुक विष्टको १८ औं स्मृति दिवस पारेर बुधबार सार्वजनिक गरिएको हो ।
चलचित्रमा उनको सिङ्गो जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटिएका छन् । रुदानेमा अमित किसोर सुवेदी र विकास ढकालले संयुक्त लेखन तथा निर्देशन रहेको छ ।
निर्देशकद्वयले चार वर्षसम्म रुचपन्द्र विष्टको जीवनबारे गहिरो अध्ययन अनुसन्धान गरी चलचित्र तयार पारेको बताएका छन् ।
थाहा यात्रा र दावानल क्रियसनको सहकार्य रहेको ‘रुदाने’मा जागृत रायमाझीले निर्माण गरेका हुन् ।
चलचित्रमा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिब्य देबले अभिनय गरेका छन् । अन्य कलाकारमा नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, अमर सुवेदीलगायत १ सयभन्दा बढी कलाकारहरुको अभिनय रहेको छ ।
'रुदाने' यसै वर्ष प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
प्रमुख समाचार