Trending :
 

प्रधानमन्त्री ओलीलाई केही दिनभित्रै डिस्चार्ज गर्ने तयारी

फाल्गुण २६,२०७६

-

फागुन २६,२०७६ काठमाडौं ।
यही फागुन २१ गते मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी बुधबारसम्ममा अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने दाबी चिकित्सकहरुले गरेका छन् ।
 
मिर्गौला प्रत्यारोपण टिमको नेतृत्व गरेका डा। प्रेम ज्ञवालीले बुधबारभित्रमा डिस्चार्ज गर्ने बताए ।
 
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको र अबको दुई दिनभित्र डिस्चार्ज दिने उनले उल्लेख गरे ।
 
यस्तै, त्रिवि शिक्षण अस्पतालले पनि सोमबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सन्तोषजनकरुपमा सुधार भएको जनाएको छ ।
 
नियमितरुपमा भोजन, व्यायाम र हिँड्डुल गर्न थालेको अस्पतालका निर्देशक डा। प्रेमकृष्ण खड्गाले दाबी गरे ।
 
प्रधानमन्त्री ओलीसँग चिकित्सकबाहेक अरु कसैलाई भेट्न भने दिइएको छैन ।