Trending :
 

सायद २ : फेसबुक प्रोफाइल बनाउनुस्; पोखरा घुम्न जानुस्

आषाढ ०८,२०७४

-

असार ८ -

दुर्गिस फिल्मसको निर्माणमा रहेको ‘सायद २’ को प्रचारमा निर्माण पक्षले नयाँपन ल्याएको छ ।

‘सायद २’ को नाम समावेश गरेर फेसबुक प्रोफाइल बनाउनेलाई निर्माण पक्षले पोखरा घुम्ने अवसर दिने भएको छ । उक्त प्रचारसँगै अहिले सामाजिक सञ्जालमा 'सायद २'  नाम समावेश गरिएका प्रोफाइल पिक्चर बढ्न थालेका छन् । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रले उपहार सहितको प्रचारशैली अगाडि ल्याएको हो । फेसबुकमा सायदको प्रोफाइल बनाउने दुई जनालाई पोखरा भ्रमणको अवसर दिइने भएको हो ।

‘सायद २’ को नाम अङ्कित आफ्नो तस्विर जसले सबैभन्दा बढी बनाउँछ, ती मध्यबाट छानिएका दुई जनाले पोखरा भ्रमण अवसर पाउछ’ निर्माता सुनील रावलले बताए ।

साथै, गोलाप्रथाबाट विजेता चयन गरिने उनले बताए । सुनील रावलले निर्माण गरेको ‘सायद २’ पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् ।

फिल्ममा सुशिल श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे लगायत कलाकारको अभिनय रहेको छ ।

‘सायद २’ यहीं असार ३० गतेबाट देशभर रिलिज हुँदैछ ।