Trending :
 

ओडिशामा होली मनाएर नुहाउने क्रममा १५ जनाको डुबेर मृत्यु

फाल्गुण २८,२०७६

-

फागुन २८,२०७६ काठमाडौं ।
भारतको ओडिशामा मंगलबार होली उत्सवपछि नुहाउने क्रममा विभिन्न घटनामा १५ जनाको डुबेर मृत्यु भएको बीबीसी हिन्दीले बताएको छ ।
 
 
कटकमा रहेको सरकारी अग्नीनियन्त्रण विभागका डेप्युटी फायर अधिकारी सत्यपीर बेहराले अहिलेसम्म १५ जनाको शव भेटिएको पुष्टि गरेका छन् ।
 
 
कटकका स्थानीय सुभम कुमार बेहरा र निशान्त पाढी होली खेलेपछि आफ्ना अन्य साथीहरुसँग नजिकैको नदीमा नुहाउन गएका थिए ।
 
 
नुहाउने बेला यी दुबैजना डुबे । यी दुईलाई नदीबाट निकालेर कटकको एससीबी मेडिकल कलेज अस्पताल पुर्‍याइयो जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए ।
 
 
यस्तै, रायगडा जिल्लाको गुणुपुरमा होली खेलेपछि केन्दुगुडा बाँधमा नुहाउन गएका तीनजना पानीमा डुबे ।
 
पीडितमध्ये एकको घटनास्थलमा नै मृत्यु भयो भने अन्य दुईलाई पदमपुर अस्पतालमा मृत घोषित गरियो । उनीहरुको पहिचान वरुण आचार्य, सुरेश आचार्य र अभिषेक कुमारको रुपमा गरिएको छ ।
 
हालसम्म प्राप्त जानकारी अनुसार भुवनेश्वरस्थित रंग बजार केनालमा एक, नियाली गाउँमा एक, परलाखेमुन्डीको महेन्द्रतनया नदीमा एक, रेढाखोलको सन्धीमुँडा केनामा एक व्यक्तिको डुबेर मृत्यु भएको छ ।
 
निलगिरीको सिएडीमल ड्याममा एक, सालेपुरको चित्रोत्पला नदीमा एक र बारीपदाको जम्भीरा बाँधमा एक व्यक्तिको डुबेर मृत्यु भएको छ ।
 
यसबाहेक नबरंगपुरको इन्द्रावती नदीमा एक व्यक्तिको शव भेटिएको छ जसको पहिचान हुन सकेको छैन ।