Trending :
 

बिमा प्रिमियमका माध्यमबाट पुँजी बजारको विकास गर्न सकिने अर्थमन्त्रीको दाबी

फाल्गुण २८,२०७६

-

फागुन २८,२०७६ काठमाडौं ।
अर्थमन्त्री युवराज खतिवडाले बिमा प्रिमियमका माध्यमबाट बचत परिचालन हुने र त्यो बचतको माध्यमबाट पुँजी बजारको विकास गर्न सकिने बताएका छन् ।
 
यसका लागि नियामक निकायलाई बलियो बनाउन बिमा प्राधिकरणको परिकल्पनासहित यो ऐन ल्याएको बताएका छन् ।
 
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बिमा ऐनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक माथिको छलफलमा अर्थमन्त्री खतिवडाले बिमा प्रिमियमको दीर्घकालीन स्रोत परिचालनको माध्यम भएको भन्दै यसकै माध्यबाट पुँजीबजारको विकास गर्न सकिने बताए । 
 
त्यसका लागि नियमनकारी निकाय बलियो हुन आवश्यक भएकाले यो विधेयक ल्याइएको उनको भनाइ छ ।
 
प्रभावकारी नियमन, बिमा व्यवसायलाई प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक रहेकोले बिमा समिति ऐेन र राष्ट्रिय बिमा संस्थान ऐेन खारेज गरी बिमा प्राधिकरण ऐनको परिकल्पना  गरिएको मन्त्री खतिवडाको भनाइ छ ।