आषाढ ०८,२०७४
-
असार ८ – एन्फाका पूर्वमहासचिव एवम् नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाही ठगी गरेको आरोपमा पक्राउ परेका छन् । शाहीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । एन्फाको महासचिव हुँदा नै विभिन्न व्यक्तिहरुलाई क्यानडा पठाइदिने भन्दै शाहीले एक करोड भन्दा बढी ठगी गरेको प्रहरीले जनाएको छ । महाशाखाका एसएसपी दिनेश अमात्यका अनुसार शाहीले क्यानाडा पठाइदिन्छु भन्दै २० भन्दा बढी व्यक्तिलाई ठगी गरेका छन् । शाही नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक लोकबहादुर र अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव समेत हुन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार