Trending :
 

मिर्गौला प्रत्यारोपणको दशौं दिनमा प्रधानमन्त्री ओली डिस्चार्ज, नियमित फलोअपमा रहनुपर्ने

फाल्गुण ३०,२०७६

-

फागुन ३०,२०७६ काठमाडौं ।
 
मिर्गौला प्रत्यारोपणका लागि १२ दिनको अस्पताल बसाइपछि शुक्रबार साँझ प्रधानमन्‍त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको छ ।
 
शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली साँझ डिस्चार्ज भएका हुन् ।
 
उनी नियमित फलोअपमा रहनुपर्ने अस्पतालले जनाएको छ। फागुन १९ गते अस्पताल भर्ना भएका ओलीको २१ गते बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनकी मिर्गौलादाता समीक्षा संग्रौला यसअघि डिस्चार्ज भइसकेकी छन्।