थाइ युवतीले गरिन् लाससँग विवाह

आषाढ ०८,२०७४

-एजेन्सी

असार ८ - भनिन्छ प्रेम त्याग पनि हो । सच्चा प्रेमी प्रेमिकाले आफ्नो प्रेमका लागि केही न केही त त्याग गरेकै हुन्छ ।यस्तै एउटा उदाहरण बनेकी छिन् एक थाइ युवती । नान थिप्हारटन नाम गरेकी उनले हृदयघातका कारण प्रेमीको मृत्यु भएपछि उनको लाससँगै विवाह गरेकी छिन्। प्रेमीको मृत्यु पश्चात् दाहसंस्कारको क्रममा उपस्थित भएकी उनले दाहसंस्कारकै क्रममा विवाह गरेकी हुन् । उनले आफ्नो बाचा पुरा गर्नका लागि प्रेमीको शवसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत बताएकी छिन् । उनले आफ्नो मायाको समर्पणका लागि यस्तो गरेको बताउँदै भनिन् उनको लाससँग विवाह पश्चात् मेरो मनमा शान्ति छाएको छ । प्रेमी प्रतिको त्यागका लागि यस्तो गरेको बताउने उनी आफ्नो बाँकी जिन्दगी प्रेमीको सम्झनामा एक्लै बिताउने बताउँछिन् ।