Trending :
 

७० वर्ष माथिका नागरिकलाई चार महिनासम्म घरबाहिर ननिस्कन बेलायतको आग्रह

चैत्र ०२,२०७६

-

चैत २,२०७६ काठमाडौं ।
एकै दिन कोरोना संक्रमण (कोभिड-१९) बाट मर्नेको संख्या दोब्बर भएपछि बेलायत सरकारले आफ्ना ७० वर्ष माथिका नागरिकलाई चार महिनासम्म घरबाहिर ननिस्कन आग्रह गरेको छ।
 
मर्नेमा पाका उमेरका बढी संख्या देखिएपछि आइतबार बिहान यस्तो आग्रह गरिएको डेलीमेलले जनाएको छ।
 
पाका उमेरका स्वस्थ व्यक्तिलाई पनि घरभित्रै रहन बेलायत सरकारले आग्रह गरेको छ। 
 
बेलायतमा गत २४ घण्टामा ११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। यससँगै मृत्यु हुनेको संख्या २१ पुगेको छ। यस्तै १ हजार १४३ मा संक्रमण पुष्टि भएको जीसएन्डडाटाले उल्लेख गरेको छ।
 
चीनको वुहानबाट गत डिसेम्बर ३१ देखि फैलिन सुरु भएको कोरोना भाइरसका कारण विश्वभर ५ हजार बढीले ज्यान गुमाइसकेका छन्। यस्तै १ लाख ५० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ७३ हजारको सफल उपचार भएको छ।