स्वतन्त्र यात्रामा प्रतिबन्ध:
युरोपका तीन देशहरुमा एकै दिन ज्यान गुमाउनेहरुको सङ्ख्या अहिलेसम्म कै उच्च
-
चैत ३, २०७६ काठमाडौं ।
कोरोनाभाइरसको संक्रमणबाट युरोपका तीन देशहरुमा एकै दिन ज्यान गुमाउनेहरुको सङ्ख्या अहिलेसम्म कै उच्च देखिएको छ । इटालीमा एकै दिन ३६८ जनाले ज्यान गुमाउँदै कूल सङ्ख्या १ हजार ८०९ पुग्यो, स्पेनमा थप ९८ जनाले ज्यान गुमाउँदै कूल सङ्ख्या २८८ पुगेको छ भने फ्रान्समा २९ जनाले ज्यान गुमाउँदा कूल सङ्ख्या १२० पुगेको छ । बेलायतमा पनि एकै दिन सबैभन्दा बढी १४ जनाले ज्यान गुमाउँदा त्यहाँ पनि मर्नेको सङ्ख्या ३५ पुगेको छ ।
युरोपमा कारोनाभाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँका सरकारले नागरिकहरुको यात्रालाई सिमित गर्न थालेका छन् भने सीमाहरुमा कडाइ गर्न थालेका छन् । जर्मनीले फ्रान्स, स्वीटजरल्याण्ड, अस्ट्रिया, डेनमार्क र लक्जम्बर्गसँगको सीमामा चेकजाँच कडाइ गर्ने भएको छ भने पोर्चुगलले पनि स्पेनसँगको सीमामा त्यस्तै उपाय अपनाउने भएको छ ।
चेक सरकारले पनि देशमा लकडाउन गरेको छ । जसमा नागरिकलाई काम गर्न जान, खानेकुरा किन्न वा औषधी किन्न जान र परिवारलाई आपत्तकालिनरुपमा भेट्न जान दिने बाहेक अन्य स्वतन्त्र यात्रामा प्रतिबन्ध गरेको छ ।