Trending :
 

कोरोना संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने सरकारको निर्णय

चैत्र ०३,२०७६

-

चैत ३,२०७६ काठमाडौं ।
सरकारले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।
 
सोमबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।
 
त्यस्तै कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता र अप्रत्यक्ष रुपमा संलग्न अन्य जनशक्तिलाई २५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।
 
त्‍यस्तै बैठकले कोरोना स‌ंक्रमणको परीक्षण गर्ने स्वास्थ्यकर्मीका लागि २० हजार थान सेफ्टी किट (पीपीपी) किन्ने निर्णय पनि गरेको छ ।