कोरोना भाइरसको संक्रमणबाट स्पेनमा फुटबल प्रशिक्षकको मृत्यु,आपतकालिन घोषणा

चैत्र ०४,२०७६

-

चैत ४, २०७६ काठमाडौं ।
 
कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट स्पेनमा एक फुटबल प्रशिक्षकको मृत्यु भएको छ । मालागास्थित एथ्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका प्रशिक्षक फ्रान्सिस्को गार्सियाको सोमबार राति निधन भएको हो ।
 
 
२१ वर्षीय गार्सियालाई कोरोनाको लक्षण देखिएपछि अस्पताल लगिएको थियो । उनलाई परीक्षण गर्दा ब्लड क्यान्सर समेत भएको पत्ता लागेको थियो । गार्सियाको उपचारकै क्रममा मृत्यु भएको समाचारलाई फुटबल खेल सम्बन्धी लोकप्रिय अनलाइन गोल डटकमले प्रकाशित गरेको छ ।
 
 
महामारीको रुपमा चीन हुँदै विश्वभर फैलिएको कोरोना भाईरसको प्रकोप अहिले युरोपियन मुलुकमा बढी देखिएको छ । इटाली र युरोपमा कोरोनाको महामारी बढेको छ । स्पेनले अहिले देशमा आपतकालिन अवस्थाको घोषणा समेत गरेको छ ।