युरो कप २०२१ को जुन ११ देखि जुलाई ११ सम्म गर्ने निर्णय

चैत्र ०५,२०७६

-

चैत ५,२०७६ काठमाडौं ।
 
युरोपियन फुटबल महासङ्घ ९यूईएफए० को आयोजनामा हुने युरो कप एक वर्षका लागि सारिएको छ । यूइएफएले युरो कप २०२१ को जुन ११ देखि जुलाई ११ सम्म गर्ने निर्णय गरेको छ ।
 
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को त्रासका कारण अहिले युरोपका धेरै देशहरुमा आपत्कालीन अवस्था घोषणा गरिएकाले त्यसको असर फुटबलमा पनि परेको हो ।
 
युरोपियन फुटबल महासङ्घले युरोपका सबै फुटबल सङ्घहरुसँग भिडियो कन्फ्रेन्स गरेर राय लिएको थियो । जसका आधारमा युरो कप एक वर्षका लागि सारिएको हो ।