Trending :
 

सेञ्चुरी कमर्सियल बैंक र सिद्धर्थ बिजनेस ग्रुप बीच सहुलियत प्रदान गर्ने सम्झौता

चैत्र ०५,२०७६

-

चैत ५,२०७६ काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक र सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । 
 
सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुले सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौता पत्रमा बैंकका प्रबन्धक – कार्डस र ट्रान्जेक्सन बैकिङ्ग युनेस पुरी र सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक सेल्स एण्ड मार्केटिङ्ग प्रोप्राइटर प्रभाकर खड्काले हस्ताक्षर गर्नुभएको छ ।