“डान्सिङ वीथ द स्टार नेपाल” रियालिटी शो को मुख्य प्रायोजकमा आइएमई

चैत्र ०५,२०७६

-

चैत ५,२०७६ काठमाडौं ।
बीबीसी स्टुडियोको फम्र्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ । 
 
बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका बिश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको बिश्वकै नम्बर एक डान्सिङ रियालिटी सोको फ्रेन्चाइज लिइ हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो । 
 
हरेक शुक्रबार र शनिबार राति सुपर प्राइम टाइम ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ ।
 
बिश्वभर चलेको फम्र्याट अनुसार आइएमई डान्सिङ विथ द स्टारमा १२ जना बिभिन्न क्षेत्रका स्टार प्रतियोगी हुनेछन भने उनीहरुलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिनेछन । कार्यक्रममा २ जना होस्ट र ३ जना निर्णायक हुनेछन ।
 
दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन । बिजेताले कुल २५ लाख करसहित नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन । यस कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा आइएमई र भोटिङ्ग पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घन गरिएको ‘आइएमई पे’ आबद्घ भएका छन् ।
 
यसै सम्बन्धमा विशेष कार्यक्रममा हिमालय टेलिभिजन र आइएमइबीच साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात यस कार्यक्रमको नाम आइएमई प्रेजेन्टस् “डान्सिङ वीथ द स्टार नेपाल” रहने छ । 
 
सम्झौता अनुसार डान्सिङ वीथ द स्टारको भोटिङ्ग राउन्डमा एप मार्फत गरिने सबै भोटिङ्ग ‘आइएमई पे’  एप मार्फत हुनेछ । 
 
बेलायतबाट शुरु भएको डन्सिङ विथ द स्टार्स हाल करीब ६० देशमा बिस्तार भैसकेको छ भने अमेरिकामा २८ औ सिजन चलिसकेको छ ।