विदेश जान रोकिएका युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन सरकारको आह्वान

चैत्र ०६,२०७६

-

चैत ६,२०७६ काठमाडौं ।
सरकारले वैदेशिक रोगजारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।
 
सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा युवराज खतिवडाले वैदेशिक रोजगारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी आग्रह गरेका हुन् । उनले कामलाई सानो ठुलो नभनीकन स्वदेशमै रोजगार बन्न आग्रह गरे ।
 
कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले श्रम स्वीकृति दिन स्थगित गरेसँगै रोजगारीका लागि विभिन्न मुलुकमा जाने तयारीमा रहेकाहरु रोकिएका छन् ।