Trending :
 

फिफा कन्फेडेरेसन कप : शीर्ष स्थानमा चिली

आषाढ ०९,२०७४

-

असार ९ –

रसियामा जारी कन्फेडेरेसन कप अन्तर्गत बिहिबार भएको समूह बी को दुबै खेल बराबरीमा टुंगिएको छ ।

अष्ट्रेलिया र क्यामरुन तथा जर्मनी र चिलीले १-१ गोलको बराबरी खेल्दै १/१ अंक बाँडेका छन्।

कजानस्थित कजान एरेनाका भएको खेलमा चिली र जर्मनीले १-१ को बराबरी खेलेका हुन् । पहिलो हाफको छैटौं मिनेटमा नै एलेक्सिस सान्चेजको गोलबाट चिलीले अग्रता बनाएको थियो । तर ४१औं मिनेटमा लार्स स्टिनडलले जर्मनीका लागि बराबरी गोल फर्काए। पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन् सकेन र खेल बराबरीमा सकियो ।

त्यसअघि क्यामरुन र अष्ट्रेलियाले पनि १-१ कै बराबरी खेलेका थिए। सेन्ट पिटर्सवर्ग स्टेडियममा आन्द्रे अङ्गुएसाले पहिलो हाफको अन्त्यतिर गोल गर्दै क्यामरुनलाई पहिले अग्रता दिलाएका थिए।

तर ६०औं मिनेटमा मार्क मिलिगनले पेनाल्टीमार्फत बराबरी गोल गर्दै अष्ट्रेलियालाई एक अंक दिलाए। बराबरीपछि क्यामरुन र अष्ट्रेलियाको समान १ अंक छ र सेमिफाइनल पुग्ने झिनो सम्भावना बाँकी राखेको छ।

समूह बी अन्तर्गत अब जर्मनी र क्यामरुन तथा चिली र अष्ट्रेलियाबीच आगामी आइतबार खेल हुनेछ।

समूह चरणमा दुई-दुई खेले पश्चात चिली र जर्मनीले समान ४ अंक छ । तर, गोल अन्तरका आधारमा चिली समूहको शीर्ष स्थानमा छ। यो संगै दुवै टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो समेत बनेको छ ।