एउटा फरक गीत ‘जेल पनि सहुँला, नेल पनि सहुँला’

चैत्र ०७,२०७६

-

चैत ७,२०७६ काठमाडौं ।
मेलीना राई र बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘जेल पनि सहुँला, नेल पनि सहुँला‘’ सार्वजनिक भएको छ । रोहन पौडेल ‘जनक’को शब्द, हरि लम्सालको सङ्गीत निर्देशन, राजबाबु चौधरीरअजय कार्कीको रेकडिस्ट र चन्द्र चौधरीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
 
लक्ष्मी वर्देवा र जीवन भट्टराईको निर्देशन रहेको गीतको भिडियोमा लक्ष्मी र जीवनलाई नै फिचरिङ गरिएको छ । भिडियोमा स्कुलको शिक्षिका र पालेदाईको माया प्रेमलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।
 
दोरम्बा रामेछापको आसपासमा बनाईएको गीतको भिडियोमा पाले दाई र शिक्षिकाबीच माया प्रेम बसेपछि जेल, नेल उस्तै परे काल पनि सहने कुरा व्यक्त गरिएको छ ।
बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विष्णु खड्काको सम्पादन रहेको छ ।