Trending :
 

चिलीका सर्वाधिक गोलकर्ता बने सान्चेज

आषाढ ०९,२०७४

-

असार ९ –

फिफा कनफेडेरेशन कप फुटबलमा जर्मनीविरुद्ध खेलको छैटौँ मिनेटमा गरेको गोलपछि एलेक्सिस सान्चेज चिलीबाट अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । सान्चेजले चिलीका लागि सर्वाधिक ३८ गोल गर्ने कीर्तिमान बनाएका हुन् ।

उनले मार्सेलो सालासको कीर्तिमान ब्रेक गरेका हुन्। सान्चेजले ११२ खेल खेल्दै चिलीका लागि ३८ गोल गरेका हुन्। यस्तै सान्चेजले चिलीका लागि सर्वाधिक क्याप जित्ने गोलरक्षक क्लाउडियो ब्राभोको कीर्तिमान समेत बराबरी गरेका छन्।

‘चिलीबाट सर्वाधिक गोल गर्ने खेलाडी भएकोमा मलाई खुशी लागेको छ, हामी यो प्रतियोगिता जित्ने लक्ष्यमा छौँ । मलाई लाग्छ हामी सक्छौँ पनि’ खेलपछि प्रतिक्रिया दिँदै उनले भने, ‘हामीले पहिलो हाफमा निकै राम्रो खेल्यौँ, जर्मनीले हाम्रो खेल बुझेर उच्च क्षमता देखायो ।’

एलेक्सिस सान्चेज चिलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको शिर्ष स्थानमा भए संगै चिली पनि कनफेडेरेशन कप फुटबलको समुह ‘बि’ अन्तर्गत शिर्ष स्थानमा छ ।