बैकिङ सेवा नरोकिने नेपाल बैकर्स संघका अध्यक्ष दाहालको भनाई
-
नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहाले बैकिङ सेवा बन्द नहुने बताएका छन् । बैकिङ अत्यावश्यक सेवा भएकोले बन्द नहुने उनले बताए । सरकारले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन्न गर्दै अत्यावश्यक बाहेका सम्पूर्ण सेवा चैत ९ गते आजदेखि चैत २१ गते सम्म बन्द गर्ने घोषण गरेका थिए ।
बैंकहरूले डिजिटल भुक्तानीलाई निःशुल्क गरिसकेकोले सकेसम्म बैंक कार्यालयमा नजान दाहालले आग्रह गरे ।
अब बैंकहरूमा पनि नागरिकको भिडभाड क्रमशः कम हुँदै जाने भएकाले आवश्यक अनुसार मात्रै बैकहरूले आफु अनुकूल कर्मचारी बोलाउने उनको भनाइ छ ।
यस विषयमा संघ र राष्ट्र बैंकबीच शनिबार पनि छलफल भएको थियो । “बैकिङ सेवा नरोक्ने तर कर्मचारीहरुलाई भने आवश्यक अनुसार मात्रै बोलाउने निर्णय भएको छ” उनले भने “कोर बैकिङ, सिस्टम तथा, सफ्टवेयरसंग सम्बन्धी प्राविधिक दुई जना छन् भने पालै पालो बोलाउने हो ।”
उनले सम्पूर्ण एटिएम, मोबाइल बैकिङ देखि कनेक्ट आइपिएससम्म निःशुल्क गरेकोले सर्वसाधारण बैंकमा आइरहन पनि नपर्ने बताए । यदि बैकमा आउनु परे पनि भीडभाड नहुने गरि पालै पालो गरेर सेवा प्रदान गर्ने उनले बताए ।
बैंकमा आउने सबैलाइ स्यानेटाइजर र तापक्रम चेक गराउने उनले बताए ।
अन्य मुलुकमा नोटको माध्यबाट पनि कोरोना फैलिएको भन्दै पैसा समाएपछि अनिवार्य रूपमा साबुन पानीले हात धुन उनले सबैलाई आग्रह गरे ।
बैंकहरूमा ग्राहकको उपस्थिति कम हुँदै गएमा आवश्यक अनुसार केही शाखा मात्रै खोल्न सकिने तर अहिले भने सबै शाखा खोल्ने निर्णय भएको उनले जानकारी दिए । कर्मचारीलाई पनि कम्तिमा १ मिटर दुरि कायम गर्न भनिएको दाहालले बताए ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले पनि बैकिङ सेवा नरोकिने बताए । बैकहरूले कसरी सेवा प्रदान गर्ने त्यसमा भने बैकहरूले नै आन्तरिक तयारी गर्ने उनको भनाई छ ।