सञ्चारकर्मी गोमा परियार र नरेश खातीको स्वरमा आयो कोरोना सम्बन्धी सचेतनामुलक गीत

चैत्र ०९,२०७६

-

चैत्त ९,२०७६ काठमाडौं ।
लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा कोरोना भाईस बोलको गीत भर्खरैमात्रै सार्वजनिक भएको छ । पत्रकार गोमा परियारको शब्द तथा गायक स्वयं खातीको संगीत रहेको कोरोना भाईरस गीत जनचेतनामुलक गीत हो ।
 
चिनको उहानबाट सुरु भएको कोरोना भाईरसले अहिले विश्वभरी महामारीको रुप लिएको छ । हालसम्म १८८ मुलुकमा देखा परिसकेको कोरोना भाईरसले यतिबेला मुलुकनै सन्त्रासमा छ ।
 
अहिले बिभिन्न माध्यमबाट कोरोनासम्बन्धि जनचेतना जगाउने कामहरु शुरु भईरहेको छ । भर्खरैमात्रै नेपाल टेलिकमलेपनि कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ ।
 
यहिक्रममा कोरोना भाईरस गीतपनि बजारमा ल्याइएको हो । विश्वभरी १३ हजार बढिको ज्यान लिईसकेको कोरोनाको संक्रमणबाट कसरी जोगीने र संक्रमण भैहाले कसरी उपचार गर्ने, सावधानी केकस्ता अपनाउने भन्ने कुराहरुको जानकारी दिन तयार पारिएको सन्देशमुलक गीतमा चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
 
दिपा श्री निरौला, ऋषि धमला, कोमल ओली, बद्री पंगेनी, रमेश विजी, पशुपति शर्मा, उमेश राई फुँलन्देकी आमा, राजेन्द्र नेपाली लट्टे र ईश्वरी खातीको अभिनय रहेको छ ।
 
गोरक्ष म्युजिक प्रालिको प्रस्तुतीमा सार्वजनिक गरिएको गीतलाई मेक्समनरेश अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।