जापानको टोकियो ओलम्पिकमा भाग नलिने क्यानाडाको घोषणा

चैत्र १०,२०७६

-

चैत १०,२०७६  काठमाडौं ।
क्यानेडियन ओलम्पिक कमिटीले यही वर्ष २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलमा खेलाडी नपठाउने घोषणा गरेको । 
 
द वासिङटन पोस्टको अनलाइन संस्करणमा सोमवार प्रकाशित समाचारअनुसार टोकियो ओलम्पिकमा खेलाडी नपठाउने घोषणा गर्ने क्यानडा पहिलो राष्ट्र हो ।
 
कोरोनाभाइरसको महामारी विश्वव्यापी भएपछि टोकियो ओलम्पिक स्थगित गर्न संसारभरबाट आग्रह भइरहेको छ । तर, जापानका अधिकारीहरूले केही दिन पहिले खेल नरोकिने घोषणा गरेका थिए । 
 
कोरोनाको संक्रमण नियन्त्रण नभएको अवस्थामा क्यानाडाको सहभागी नहुने घोषणापछि टोकियो ओलम्पिक रोकिने सम्भावना बढेको छ ।