Trending :
 

फ्रान्सबाट आएकी एक नेपाली युवतीलाई कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्री ढकालद्धारा जानकारी

चैत्र १०,२०७६

-

चैत १०, २०७६ काठमाडौं ।
 
फ्रान्सबाट कतार हुँदै आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस(कोभिड–१९) पोजिटिभ देखिएको छ । 
 
चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको र उनलाई कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए । 
 
उताबाट आएपछि उनलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिए।
 
उनको सम्पर्कमा आएका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए। उनी १९ वर्षीया युवती रहेको र अस्पतालमा उपचाररत रहेको पनि उनले जानकारी दिए। कान्तिपुर