Trending :
 

कोरोना भाइरस उपचार कोषमा निर्माण व्यवसाय परिषद्ले एक करोड जम्मा गर्ने

चैत्र १०,२०७६

-

चैत १०,२०७६ काठमाडौं ।
नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड जम्मा भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत निर्माण व्यवसाय परिषद् सहितका निकायहरुले कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।