अध्यात्म जीवनको रहस्य र खोज

चैत्र १०,२०७६




न जायते म्रियते वा कदाचि- न्यायम भूत्व भविता वा न भुय:।

 

अजो नित्य: शाश्वतोयं पुराणो -न हन्यते हन्यमाने शरीरे ॥२०॥

 

यो आत्मा न कुनै समयमा जन्मिएको थियो, न यो मर्छ नै । यसलाई फेरी उत्पन्न गर्न पनि सकिंदैन, यो त आजन्म छ, सनातन छ, पुरातन छ र शरीर मरेर पनि आत्माको नाश हुंदैन ।

 

परम अक्षर अर्थत कहिले पनि नष्ट नहुने तत्व ब्रम्हा हो । र, प्रत्येक बस्तुको आफ्नो मुलभूत स्वभाव अध्यात्म हो ।

 

म को हुा, म के हुा, म के चाहन्छु, मैले कहा जानुछ यही प्रश्नको खोजले अध्यात्मकको मार्गमा डोहोर्‍याउछ । यसले आत्माको ब्रम्हाण्डसाग संवाद स्थापित गर्छ ।

 

अध्यात्म के हो र यो  किन आवश्यक छ त ? सरसर्ती हेर्ने हो भने अध्यात्म जीवन यात्रालाई उत्कृष्ट बनाउने एउटा सरल मार्ग हो । कतिपय अवस्थामा धर्म र अध्यात्मलाई एकै ठाउमा राखेर हेर्ने र बुझ्ने गरिन्छ l तर मुलभूत रुपमा अध्यात्म र धर्म स्वभावले नै फरक फरक रहेको देखाउछ l

 

हुनत धर्म अध्यात्मको पहिलो खुड्किलो भएकोले सुरुवाती अवस्थामा एक अर्काको पर्यावाची बन्न पुगेको पक्कै हो l अध्यात्मिक हुनु भनेको धर्मकर्म गर्ने हो भन्ने सामान्य बुझाई छ । जबकी यो शब्दको विराट अर्थ छ र यो आफैमा एक परमतत्व हो ।

 

सामान्य रुपमा भन्ने हो भने अध्यात्म भनेको आफुभित्रको चेतन तत्वलाई अनुभूत गर्नु हो । चेतन तत्व परमात्मासंग  जोडिएको हुन्छ l आत्मानै परमात्माको अंश भएकोले यसको ज्ञान र खोजको मार्ग अध्यामिक मार्ग हो । आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यर्थाथ, जीवन-मरणको चक्रको लगायतको आत्ममन्थन र चेतनाको माध्यमबाट ईश्वर र सत्यको साक्षात्कार हुनु अध्यात्म जीवनको परम लक्ष्य हो   ।

 

धर्मले व्यक्ति , समाज र  ईश्वरको आचरण , कर्तब्य र फल प्राप्तको लेखाजोखा गर्छ l यसले पाप र धर्म गरी जीवनलाई नियन्त्रित गर्दछ l धर्मको परम लक्ष्य भनेको सुख , ईश्वर र मोक्क्ष प्राप्ति गर्नु रहेको हुन्छ जसको लागि उसले बिभिन्न आचरण र नियम पालना गर्नु पर्ने हुन्छ l अर्को तर्फ अध्यात्म एकांकी र ब्यक्तिबादी स्वभावको हुन्छ l यसले जीवनको सार्थकता र उद्देश्यको उत्तर खोज्नुको साथ साथै सत्य ज्ञान र जीवनकमा परमात्माको वास्तविक अनुभूतिको मार्ग अवलम्बन गर्दछ l त्यसैले भन्ने गरिन्छ , सबै धार्मिक व्यक्ति अध्यात्मिक नहुन पनि सक्छन तर अध्यात्मिक व्यक्ति सबै धार्मिक स्वभावका हुन्छन ।

छुन नसकिने, नाप्न नसकिने, देख्न नसकिने, आंक्न नसकिने चेतना जुन विना जीवन असम्भव छ ‌। यो चेतनाको अस्तित्वलाई मान्ने पक्षधरलाई धर्म र  अध्यात्मले प्रतिनिधित्व गरेको हुन्छ । यसको स्वभावलाई आत्मसाथ गरी दैनिक जीवनमा यसलाई  अंगाल्न सके जीवनको गुह्य रहस्य बुझ्न सकिन्छ जसले मानव हुनुको रहस्योदघाटनब गर्दै सत्यको अनुभूति गराउछ । कहिल्य नसुल्झने रहस्य बनेको  प्रकृति , ईश्वर , र मानव जीवनको खोजलाई  सुल्झाउने र यसलाई एकै सुतिमा बाध्न सुझाउने तत्व नै अध्यात्म ज्ञान हो l अध्यात्म मार्गबाट मानव जीवनलाई  प्रयोग गरी यसमा रहेको चेतनालाई परम चेतनामा समाहित गराउन सकिन्छ ।