Trending :
 

नेपालको प्रयोगशाला विश्‍वसनीय : डब्लूएचओ

चैत्र ११,२०७६

-

चैत ११,२०७६ काठमाडौं ।
 
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको बताएको छ । 
 
डब्लूएचओले नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न मार्च १३ देखि २१ सम्म माइक्रोबायोलोजिस्ट डाक्टर जोनाथन एस्क्रोफ्टलाई खटाएको थियो।
 
सोमबार डब्लुएचओले केही सुधारको सिफारिससहित डाक्टर जोनाथनले तया पारेको प्रतिवेदनसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको छ।