Trending :
 

कोरोना नियन्त्रण उपचार कोषमा कांग्रेसका सांसदले १५ दिनको पारिश्रमिक जम्मा गर्ने

चैत्र ११,२०७६

-

चैत ११, २०७६ काठमाडौं ।
नेपाली कांग्रेसका सांसदहरूले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा १५ दिनको पारिश्रमिक जम्मा गर्ने भएका छन् ।
 
कांग्रेस संसदीय दलले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी उक्त जानकारी दिएको हो ।
 
कांग्रेस संसदीय दलले लक डाउनको पालना गर्न सर्वसाधारण सबैमा अनुरोध पनि गरेको छ । कांग्रेस संददीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्तिमा कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमण फैलन नदिन सरकारले एक साताका लागि देशभर गरेको लक डाउनको निर्णय सकारात्मक रहेको बताएका छन् ।
 
कांग्रेसले लक डाउनको समयमा दैनिक श्रम गरी जीवन चलाउनेहरूको जीवनयापन सहज बनाउन श्रमिकहरूलाई सहजरूपमा खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि नेपाल सकारसँग आग्रह गरेको छ ।