Trending :
 

यतिबेला द्वन्द्वलाई लकडाउन गर्ने र जीवनको वास्तविकतासँग लड्न एकताबद्ध हुने समय होःगुटेरेस

चैत्र ११,२०७६

-

चैत ११,२०७६ काठमाडौं ।
 
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी युद्धविराम गर्न आह्वान गरेका छन् । 
 
महासचिव गुटेरेसले भनेका छन्, भाइरसको हिंसात्मक संक्रमणले युद्धको अवस्थालाई चित्रण गर्छ । त्यसकाण मैले तत्काल विश्वका हरेका कुनामा भइरेका युद्धहरुलाई रोक्न आग्रह गरेको हुँ । यो समय सम्पूर्ण सशस्त्र द्वन्द्वलाई लकडाउन गर्ने र जीवनको वास्तविकतासँग लड्न एकताबद्ध हुने समय हो ।
 
युद्धविरामले मानवजातिलाई कोभिड-१९ को संक्रमणविरुद्ध लड्‍ने केन्द्रित गर्नेछ । 
 
चीनको वुहानमा डिसेम्बर २०१९ मा पहिलोपटक देखिएको भाइरस हाल विश्वका १८० भन्दा बढी मुलुकमा फैलिइसकेको छ । हालसम्म तीन लाख ८० हजारभन्दा बढी संक्रमित भएका छन् भने करिब १६ हजारभन्दा बढीको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 
 
महासचिव गुटेरेसले ट्विटरमा भनेका छन्, कोभिड-१९ ले कुनै राष्ट्र, धर्म, जाति अथवा अन्य मानिसहरुबीचको फरक छुट्याएर संक्रमण गराउँदैन । यसले युद्धकोजस्तै बेप्रवाह जुनसुकै व्यक्तिलाई पनि आक्रमण गर्नसक्छ ।
 
यस भाइरसको उच्च जोखिममा महिला, बालबालिका, अपांगता भएका, सीमान्तकृत समुदायहरु, शरणार्थीहरु र घरबारविहीन पारिएकाहरु रहेको बताइएको छ ।