चैत्र १३,२०७६
-आस्था न्युज
मानव स्वभावले नै चिन्तनशील प्राणी हो l उसले आफ्नो प्रयोजन पुरा गर्न मानसिक चिन्तन , तर्क , कल्पना तथा समस्या समाधानको लागि उपयोग गर्दछ l चिन्तन शक्तिकै कारण मानव अन्य प्राणीहरु भन्दा श्रेष्ठ बनेको हो l अर्को तर्फ चिन्तनद्वारा तर्क बन्दछ र उत्पादित तर्क चिन्तनको सर्वोच्च रुप हो l समस्याहरुको समाधान गर्नु पनि तर्कको नै एक बढी परिष्कृत रुप समेत हो l
चिन्तन एक संज्ञात्मक कृया हो l संसारको प्रगति र उन्नतिहरुमा मानिसले गरेका चिन्तनको महत्वपूर्ण योगदान रहेको छ l चिन्तन एउटा यस्तो मानसिक प्रकृया हो जसमा व्यक्ति कुनै नया परिस्थितिको सामना गर्न अथवा कुनै समस्याको समाधान गर्न मा आफ्नो पुर्व अनुभवहरुको उपयोग गर्दछ l मनोवैज्ञानिकहरुका अनुसार चिन्तनको प्रारम्भ कुनै न कुनै समस्याबाट हुने गर्दछ र यसको अन्त समस्याको समाधानबाट हुने गर्दछ l यस प्रक्रियामा संवेदना, प्रतक्षिकरण,प्रत्यय निर्माण , पुर्व अधिगम , स्मृति आदि समाबेश भएको हुन्छ l चिन्तनद्वारा व्यक्ति आफ्नो समस्याको समाधान गर्ने गर्दछ l मनोबज्ञानिक यसलाई एक जटिल प्रकृया मान्दछन् l
वारेनले चिन्तनलाई यसो भनेका छन्, , ' चिन्तन एक प्रतीकात्मक स्वरुपको बिचारात्मक प्रकृया हो , जसको प्रारम्भ व्यक्ति समक्ष उपस्थित कुनै समस्या वा बिषयबाट हुने गर्दछ l यसमा व्यक्तिको समस्या तथा मानसिक वृति संग सम्बन्धित केहि प्रयत्न तथा भूलको कृया हुँने गर्दछ तथा अन्तमा समस्याको समाधान हुने गर्दछ l '
रास, ' चिन्तन ज्ञानात्मक पक्षको मानसिक कृया हो '
यसर्थ चिन्तन एउटा मानसिक प्रकृया हो , जसद्वारा व्यक्ति आफ्नो समस्याको समाधान गर्ने गर्दछ l
चिन्तन प्रक्रियाको तत्व अथवा सोपान
चिन्तन प्रक्रियामा उपरोक्त सबै सोपानहरु उपस्थित हुन् आवश्य हुदैन l किनभने कहिल्य काही चिन्तन अन्तरिक अश्रब्य वाक्-गति बिना पनि हुन् सक्दछ l चिन्तनको लक्ष्य समस्या का समाधान गर्नु हो l
चिन्तनका प्रकारहरु अथवा बर्गिकरण
केहि मनोबज्ञानिकहरुले चिन्तनलाई दुई भागमा बर्गिकरण गरेको पाईन्छ;
तर्क चिन्तनको अग्र स्थिति हो l जब मस्तिष्क परिपक्क हुन्छ तब तर्कको आरम्भ हुने गर्दछ l यो चिन्तन को सर्वोच्च स्वरूप हो l यो पनि चिन्तनको जस्तै एक जटिल प्रकृया हो l जसमा प्राय : औपचारिक नियमहरुको पालना गर्ने गरिन्छ l साधारण शब्दमा भन्नु पर्दा जब संगठित तथा व्यवस्थित रुपमा चिन्तन गरिन्छ त्यसलाई तर्क भनिन्छ l तर्कको कृयाको आरम्भ त्यस समयमा हुन्छ , जब जटिल समस्याको उपस्थितका कारण चिन्तनको क्रियामा बाधा पुग्दछ l 'अरस्तुले' ले मनुष्यलाई तर्कयुक्त प्राणीको संज्ञा दिएका छन् l तर , सबै प्राणीमा तर्कको स्तर भिन्न रहेको हुन्छ l
यसर्थ , तर्क चिन्तनद्वारा जन्मन्छ , जसमा मनुष्यको पुर्व अनुभवलाई पुन: गठित गर्ने गरिन्छ अथवा त्यसलाई पुन:नयां रुप मा समस्याको हाल गर्नका लागि एकत्रित गर्ने गरिन्छ l
चिन्तन र तर्ककोबारे बुझेपछि वास्तविक ज्ञान र यथार्थ बुझ्न चिन्तनको महत्व प्रष्ट हुन्छ l त्यसैले चिन्तन गर्ने व्यक्ति जीवनमा “साध्य” को परिभाषा बुझ्न र त्यसमा यथार्थता खोज्ने गर्दछ अर्को तर्फ जीवनलाई “साधन” मात्र सोच्ने व्यक्तिहरु आम जीन्दगी नै सहज ठान्दछन्। जुन यथार्थ भन्दा कोसौ टाढा छ । साध्य र साधन वीचको दुरी फराकिलो भएकाले यसलाई प्राप्त गर्न पनि निकै कठिन छ ।
चिन्तनशील व्यक्ति तर्कशील समेत हुन्छन l गहन चिन्तनबाट कुनैपनि समस्याको समाधान निकाल्न सकिन्छ l साथै चिन्तनद्वारा नयाँ सम्भावना , स्वरूप, र तर्कको समेत अविष्कार गर्न सकिन्छ l त्यस्तै आत्मा चिन्तनको स्वभाव अन्तर्दृष्टि, हुने गर्दछ l त्यसैले अध्यात्ममा चिन्तन र तर्कले ठुलो महत्व राख्दछ l
प्रमुख समाचार
सम्वन्धित समाचार