Trending :
 

डाक्टर तथा स्टाफ नर्सका लागि आवेदन आह्वान,एक हप्ताभित्र आवेदन दिइसक्नुपर्ने

चैत्र १३,२०७६

-

चैत १३, २०७६ काठमाडौं ।
सरकारले डाक्टर तथा स्टाफ नर्सको लागि आवेदन मागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातरसात जना जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्ट तथा २० जना मेडिकल अधिकृत र सय जना स्टाफ नर्सको लागि आवेदन मागेको हो । 
 
जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्टको लागि स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने मेडिकल अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस गरेको हुनुपर्नेछ । यस्तै स्टाफ नर्सले मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ । 
 
आवेदन दिनको लागि सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ । आवेदन दिन एक हप्ताभित्र admin@mohp.gov.np मा पठाउन सकिन्छ । 
 
कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवेदन मागेकाले पहिलो आवेदक पहिलो प्राथमिकता र योग्यताका आधारमा करार नियुक्त गरिने पनि मन्त्रालयले जनाएको छ ।