लकडाउनको समयमा स्वास्थ्य संस्थाका प्रशासनहरु किन खुला राख्ने ?
-
चैत १३,२०७६ काडमाडौं ।
यतिबेला कोरोना भाइरसको संक्रमणका कारण विश्वभरका मानिसहरु चिन्तित बनेका छन् । चिनको हुवेई प्रान्तबाट फैलिएको कोरोना भाइरस नेपाल सहित एक सय ९५ बढि देशहरुमा फैलिसकेको छ । चिनमा भाइरसको संक्रमण नियन्त्रणको क्रममा रहेपनि नजिकैको छिमेकी मुलुक नेपालमा पनि यसको संक्रमण देखिएको छ ।
अन्य मुलुकहरुले कोरोना भाइरस नियन्त्रणका लागि अपनाएको सावधानी देखेर नेपाल सरकारले पनि त्यसको सिको गर्दै लकडाउन गरेको छ । यो समयमा अत्यावश्यक बाहेकका कामका लागि बाहिर ननिस्कन सरकारले सबैमा अनुरोध गरेको छ । सरकारको आग्रहलाई सर्वसाधरणले केही हदसम्म स्वीकार गरेकोे खाली सुनसान सडक हेरे अरु हेर्न परेन ।
स्वास्थ्य मन्त्रालय पनि यतिबेला कोरोना रोकथामका लागि केन्द्रित छ । तर स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका कतिपय स्वास्थ्य प्रशासनहरु खुला रहदा कर्मचारीलाई भने समस्या हुने गरेको छ । लकडाउनको समयमा स्वास्थ्य प्रशासनहरुमा स्वास्थ्य सम्बन्धी खासै काम नभएपनि आफुहरुलाई बिदा नहुँदा कार्यलय आउजाउ गर्नुपर्ने बाध्यता रहेको एक कर्मचारीले गुनासो पोख्छन् ।
प्रधानमन्त्री स्वंयमले घरमै बसेर काम गर्न आग्रह गरिरहेका बेला स्वंम सरोकारवालाहरु मौन बसेको प्रशासनका कर्मचारीहरुको आरोप छ ।
लकडाउनको समय भएकाले सवारी समेत नपाउने तथा प्रशासले पनि कर्मचारी ल्याउनका लागि सवारी साधनको व्यवस्था नगर्दा घण्टौं हिडेर कार्यलय पुग्ने गरेको उनिहरुको गुनासो छ । यसरी हिडेर कार्यलय पुगेपनि खासै काम नहुने तर हैरानी खेप्नुपरेको कर्मचारी बताउछन् ।
प्रशासनका कर्मचारीहरुको बिरामीसँग कुनैपनि सम्बन्ध रहदैन् । उनीहरुको काम मन्त्रालयसँग समन्वय गर्नु हो। नेपालमा कोरोनाको संक्रमण भित्रिसकेको अवस्थामा प्रसाशनिक निकायका कर्मचारीलाई लकडाउनको समयमा खासै काम नहुँदा पनि बोलाउँदा जोखिम बढ्नेतर्फ सम्बन्धीत निकायले ध्यान पुर्याउनुपर्ने कर्मचारीहरुको माग छ ।