प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड अस्पताल पुगे
-
चैत १४,२०७६ काठमाडौं ।
स्वास्थ्यमा समस्या आएर राति नै अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन अध्यक्ष दाहाल केहीबेरअघि अस्पताल पुगेका हुन् ।
गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा महत्त्वपूर्णबाहेकका भेटघाट बन्द गरेका थिए ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि राति नै प्रधानमन्त्री ओलीलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको हो ।
उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
नागरिकलाई घरमै रहन आग्रह गर्दै आफूले निवासबाटै सरकार, सत्ता चलाइरहेको बताएका प्रधानमन्त्री ओलीको मुटुको चालमा घटबढ भएपछि राति नै अस्पताल लैजानुपरेको थियो ।
यसअघि मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकहरू बालुवाटारमै आएर नियमितजसो फलोअप गरिरहेका थिए ।