फ्रान्सलाई युरो कप जिताएका प्रशिक्षक मिसेल हिडाल्गोको निधन

चैत्र १४,२०७६

-

चैत १४,२०७६ काठमाडौं ।
फ्रान्सलाई पहिलो पटक ठूलो प्रतियोगिताको उपाधि जिताएका प्रशिक्षक मिसेल हिडाल्गोको निधन भएको छ । सन् १९८४ मा फ्रान्सलाई युरो कप जिताएका प्रशिक्षक हिडाल्गोको ८७ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।
 
लामो समयदेखि बिरामी रहेका हिडाल्गोको उपचारका क्रममा निधन भएको हो । उनी फ्रान्सको सन् १९७६ देखि १९८४ सम्म प्रशिक्षक रहेका थिए ।
 
उनले युरोपियन च्याम्पियन बनेपछि प्रशिक्षक पदबाट राजीनामा दिएका थिए । उनी प्रशिक्षक हुँदा मिचेल प्याटिनी कप्तान थिए ।