Trending :
 

कोरोना प्रकोपविरुद्ध अमेरिकामा २ खर्ब डलर राहत प्याकेजको घोषणा

चैत्र १५,२०७६

-

चैत १५, २०७६ न्युयोर्क ।
अमेरिकी कंग्रेसले कोरोना प्रकोपविरुद्ध दुई खर्ब डलरको आपत्‌कालीन राहत प्याकेजलाई अनुमोदन गरेको छ । यो अमेरिकी इतिहासकै सर्वाधिक ठूलो राहत प्याकेज हो ।
 
 
कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट उत्पन्न आर्थिक संकट लाई निस्तेज पार्न ल्याएको प्रस्ताविक विधेयक, कंग्रेसबाट पारित भएपछि शुक्रबार नै राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन्।
 
कंग्रेसमा विधेयकलाई अनुमोदन गर्ने क्रममा दुवै पार्टी, रिपब्लिकन र डेमोक्रयाट्कि एकमत भएका थिए। विधेयकमाथि केही दिनको विवादपछि पछि गत बुधबार कंग्रेसको माथिल्लो सदन सिनेटले शून्यका विरुद्व ९६ मतसहित पास गरेको थियो। आठ सय ८० पेजको सो विधेयकमाथि शुक्रबार कंग्रेसको तल्लो सदन हाउसले पास गरेको हो।
 
कोभिड १९ बाट अमेरिकामा सर्वाधिक एक लाख बढी संक्रमित भइसकेका छन भने एक हजार ६ सय बढीको मृत्यु भइसकेको छ।
 
अमेरिकाका पचासै राज्यमा संक्रमण फैलिएको र अर्थ व्यवसाय चौपट पर्दै गएको पृष्ठभूमिमा गत एक साताभित्र झण्डै ३३ लाख अमेरिकीले बेरोजगारी भत्ताको लागि आवेदन दिएको अमेरिकी श्रम विभागले बुधबार जारी गरेको रिपोर्टमा उल्लेख छ। अधिंकाश प्रमुख सहरमा व्यापार व्यवसाय ठप्प रहेको छ।