Trending :
 

कोरोनाबाट विश्वका ९० प्रतिशत जनसंख्या जोखिममा

आइसोलेसन नै कोरोनाविरुद्धको उत्तम विकल्पः अनुसन्धानकर्ता

चैत्र १६,२०७६

-

चैत्र १६,२०७६ काठमाडौं ।
 
अनुसन्धानकर्ताहरुले कोरोनाबाट जोगिने तत्कालको उपयुक्त विकल्प आइसोलेसन अर्थात अलग्गै बस्नु नै भएको निष्कर्ष निकालेका छन् ।
 
विश्व स्वास्थ्य संगठनको सहकार्यमा बेलायतको इम्पेरियल कलेज विश्वविद्यालयले गरेको अनुसन्धानले आइसोलेसन, सामाजिक दूरी र तीव्र परीक्षणलाई कोरोनाविरुद्धको उपयुक्त विकल्प भएको निचोड निकालेका हुन् ।
 
आइसोलेसन र तीव्र परीक्षण जस्ता उपाय अवलम्बन गर्न सके कोरोना भाइरसको रोकथाममा मद्दत मिल्ने जनाइएको छ ।
 
अन्यथा कोरोना भाइरसबाट विश्वको ९० प्रतिशत जनसंख्या कुनै न कुनै रुपले प्रभावित हुने जोखिम समेत रहेको उक्त अनुसन्धानमा लागेका अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन् ।