Trending :
 

धरानमा पनि आजबाट कोरोनाको नमुना परीक्षण सुरु

चैत्र १६,२०७६

-

चैत १६, २०७६ काठमाडौं ।
 
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबारदेखि कोरोना भाइरस (कोभिड-१९) को परीक्षण सुरु भएको छ । यो परीक्षण राजधानी बाहिर पहिलोपटक हुन लागेको हो ।
 
 
प्रतिष्ठानको मोलिकुलर बायोलजी युनिट अन्तर्गत प्रा.डा.नारायण भट्टराईको नेतृत्वमा कोभिड-१९ संक्रमण भएरनभएको यकिन गर्न पीसीआर (पोलिमर चेन रियाक्सन) परीक्षण सुरु भएको हो ।
 
अहिले त्यहाँ भएको ‘जैव सुरक्षा स्तर-२’ को प्रयोगशालामा परीक्षणमा भइरहेको छ ।‘यो परीक्षणको सुरुवात हाल अस्पताल भर्ना भएका तीन बिरामीको घाँटीको र्‍यालको नमुनाबाट परीक्षण गर्न थालिएको छ’, प्रतिष्ठानका इन्टरनल मेडिसिन विभागका प्रमुख प्रा.डा.संजिवकुमार शर्माले भने–‘यहाँ हामीले एउटा लटमा १२ जनाको थ्रोट स्वाव (घाँटीको र्‍यालको नमुना) को परीक्षण गर्न सक्छौं ।’ कान्तिपुर