सरकारले खाद्यान्न तथा फलफुल ढुवानीमा २५ प्रतिशत अनुदान दिने

चैत्र १९,२०७६

-

चैत १९, २०७६ काठमाडौं ।
 
सरकारले तरकारी, फलफुल, खाद्यान्न, मासु र अण्डा ढुवानीमा २५ प्रतिशत अनुदान दिने भएको छ ।
 
उत्पादनकर्ताले नजिकको बजार केन्द्र वा काठमाण्डौमा ढुवानी गर्न पालिकाले गाडीको बन्दोबन्द गर्ने र ढुवानी भाडामा २५ प्रतिशत अनुदान दिने सरकारले निर्णय गरेको हो ।
 
मन्त्रिपरिषद्ले गरेको राहत वितरण घोषणा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले बनाएको कार्य योजना अनुसार ढुवानीमा २५ प्रतिशत अनुदान सुनिश्चित गरेको हो । यसको लागि कृषि तथा पशुपंक्षी मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र वाणिज्य विभागलाई जिम्मेवार निकाय तोकिएको छ ।
 
किसानलाई ढुवानीको पास मिलाउने जिम्मा भने गृह मन्त्रालयमार्फत स्थानीय प्रशासनलाई दिइएको छ ।  यो निर्णय मङ्गलबारदेखि नै लागु भएको अर्थ मन्त्रालयले जनाएको छ ।