पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०-१० रुपैयाँले घट्यो

चैत्र १९,२०७६

-

पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०-१० रुपैयाँका दरले घटेको छ ।
 
नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले १०-१० रुपैयाँ घटाउने निर्णय गरेको हो ।
 
अब पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर भएको छ ।