Trending :
 

कोरोना भाइरसको खोपमा सफलता हासिलःपिट्सबर्ग विश्वविद्यालय

चैत्र २१,२०७६

-

चेत २१,२०७६ काठमाडौं ।
 
विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसको खोपमा सफलता हासिल गरेको अमेरिकाको  पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले दावी गरेको छ ।
 
यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गर्दै कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलको दावी गरेका हुन् ।
 
 
पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले मुसामा गरिएको परीक्षणको क्रममा खोपले सार्स–कोभ–२ विशिष्ट एन्टबडी (रोग प्रतिरोधक) उत्पादन गर्ने देखाएको जनाएका छन् ।
 
अवको केही महिनामा मानिसमा पनि यसको परीक्षण शुरु हुने आशा उनीहरुले व्यक्त गरेका छन् ।
 
अनुसन्धानकर्ताहरूको निष्कर्षलाई ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले ईबायोमेडिसिनमा सार्वजनिक गरेको छ ।