Trending :
 

देशवासीको नाममा प्रधानमन्त्री मोदीको सम्बोधनः कोरोनाविरुद्ध लड्न दियो बाल्नुस

चैत्र २१,२०७६

-

चैत २१,२०७६ काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान ९ बजे देशवासीको नाममा सम्बोधन गर्दै भिडियो सन्देश दिएका छन् । मोदीले भिडियो सन्देशमा नागरिकलाई अपिल गर्दै ‌‌‌‌‌‌‌‌आउँदो आइतबार अप्रिल ५ तारिखमा राति ९ बजे ९ मिनेटसम्म घरको ढोका या छतमा मैनबत्ती, दियो, टर्च वा मोबाइलको फल्याशलाइट बाल्न भनेका छन् ।
 
प्रधानमन्त्री मोदीले महामारीको समयमा निरन्तर प्रकाशतर्फ जानुपर्ने र सबैभन्दा बढी प्रभावित गरिबहरुलाई निराशाबाट आशातर्फ‌ डोर्याउनुपने बताएका छन् । उनले भने,यो सङ्कटबाट अन्धकार र अनिश्चितता देखिएको छ, त्यसबाट उज्यालोतर्फ बढ्नुपर्छ ।
 
यसलाई पराजित गर्न प्रकाश चारै दिशामा फैलाउनुपर्छ, यसर्थ यो आइतबार हामी सबै कोरोनाको सङ्कटलाई चुनौती दिऔँ । अप्रिल महिनामा एक सय ३० करोड देशवासीको सङ्कल्पलाई नयाँ उचाइमा लैजानुपर्छ ।
 
आइतबार अप्रिल ५ तारिखको दिन म सबैको ९ मिनेट चाहन्छु । यसअघि थाल, शङ्ख, घण्टा बजाउँदा भिडभाड भएको भन्दै मोदीले दीप प्रज्वलन गर्न अपिल गरेका हुन् । दीप प्रज्वलन गर्दा पनि भिडभाड नगर्न उनले आग्रह गरेका छन् ।