भारतमा विशेषज्ञ चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण

चैत्र २३,२०७६

-

चैत २३,२०७६ काठमाडौं ।
भारतका ५० जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
 
केही विशेषज्ञ चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
 
अस्पतालहरूमा सुरक्षा उपकरण अभावका कारण डाक्टर र अन्य स्वास्थ्यकर्मी सबैभन्दा बढी जोखिममा रहेको बताइरहँदा ५० जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भएको सूचना बाहिरिएको हो ।
 
योसँगै भारतमा अझ बढी त्रास बढेको छ ।  भारतमा  आइतबार विहान ८ बजेसम्म कोरोना भाइरसको संक्रमणले ८६ जनाको मृत्यु भएको छ भने ३ हजार २७६ जनामा संक्रमण देखिएको छ । एजेन्सी