कोरोनाबाट ६४ हजारभन्दा बढीको मृत्यु, विश्वका २०६ देशमा संक्रमण

चैत्र २३,२०७६

-

चैत २३,२०७६ काठमाडौं ।
कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट विश्वभर ६४ हजार ६७८ जनाको मृत्यु भएको छ । विश्वका २०६ देशमा फैलिएको कोरोना संक्रमणबाट बपछिल्लो २४ घण्टामा ५ हजार ५०४ जनाको मृत्यु भएको हो । 
 
विश्‍वभर कोरोना संक्रमितको संख्या १२ लाख १ हजार ४७३ पुगेको छ भने पछिल्लो २४ घण्टामा ८४ हजार ८१२ नयाँ संक्रमित थपिएका हुन् ।
 
संक्रमितमध्ये २ लाख ४६ हजार ३८३ जना उपचारगरि घर फर्किएका छन् । अहिले ८ लाख ९० हजार ४१२ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । उपचारमा रहेकामध्ये ४२ हजार २८८ को अवस्था गम्भीर छ ।
 
कोरोना संक्रमणका कारण विश्वमा सबैभन्दा बढी इटालीमा अहिलेसम्म १५ हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने स्पेनमा ११ हजार ९४७ मृत्यु भएको वर्ल्ड मिटरको तथ्यांकमा उल्लेख छ। स्पेनपछि कोरोना संक्रमणका कारण विश्वमा सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा हालसम्म ८ हजार ४४४ जनाको मृत्यु भएको छ ।