Trending :
 

आर्थिक प्रसङ्ग :पत्र -पत्रिका बाट

पाइलटको मासिक तलब अब ६ लाख

आषाढ १२,२०७४

-

१२ असार काठमाडौं-

 नेपाल वायुसेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको छ । निजी क्षेत्रका एयरलाइन्सहरुले आकर्षक तलब भत्ता दिन थालेसँगै निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो ।

निजी क्षेत्रका एयरलाइन्ससँग प्रतिष्पर्धा गर्न नसकेपछि निगमबाट पाइलटहरु बाहिरिने क्रम बढेको थियो । निगमले लामो समयदेखि पाइलटको तलब बढाउने प्रक्रिया अगाडि बढाए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिँदा कार्यान्वयनमा आउन सकेको थिएन ।

अर्थले गत बिहीबार पाइलटको तलबभत्ता बढाउन सहमति दिएसँगै अब निगमका जहाज उठाउने क्याप्टेनहरुको तलब ६ लाख ८ हजार पुग्नेछ ।

  • कारोबार दैनिक बाट