फिलिपिन्समा लकडाउनको नियम उल्लंघन गर्नेलाई गोली प्रहार, एक जनाको मृत्यु
-
चैत २३,२०७६ काठमाडौं ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि फिलिपिन्स सरकारले जारी गरेको लकडाउनको नियम उल्लंघन गर्नेमाथि प्रहरीले गोली प्रहार गरेको छ ।
कोरोना भाइरस चेकपोइन्टमा स्थानीय स्वास्थ्य अधिकारी र प्रहरीलाई धारिलो हतियार देखाएर धम्की दिएर सडकमा हिड्ने ६३ वर्षीय एक वृद्धलाई प्रहरीले गोली प्रहार गरेको हो ।
फिलिपिन्समा राष्ट्रपटि रोड्रिगो डुट्रेटले यसअघि लकडाउनको नियम उल्लंघन गर्नेमाथि गोली प्रहार गर्न प्रहरीलाई निर्देशन दिएका थिए । फिलिपिन्समा राष्ट्रपतिको निर्देशनपछि लकडाउन उल्लंघन गर्नेमाथि गोली हानी हत्या गरिएको यो पहिलो घटना हो ।
उक्त वृद्ध व्यक्तिले मदिरा सेवन गरेर स्थानीय ग्रामिण अधिकारी र प्रहरीलाई धम्की दिएको हुनसक्ने बताइएको छ । फिलिपिन्सको दक्षिणी प्रान्त नासिपिटको अगुसन डेल नोर्टेमा उनलाई गोली हानीएको प्रहरी जनाएको छ ।
ूउनलाई स्थानीय स्वास्थ्य अधिकारीहरुले मास्क प्रयोग गरेन सुझाव दिएका थिए । तर, ती वृद्ध भने रिसाएर, धारिलो हतियार देखाउँदै ज्यान लिने धम्की दिएका थिए । प्रहरीले सम्झाउँदा पनि नमानेर उल्टै प्रहरीलाई नै धम्की दिएपछि गोली हानिएको हो, प्रहरीले भनेको छ ।
यसअघि राष्ट्रपति डुट्रेटले सरकारी निर्देशनहरुको पालना गर्न आग्रह गर्दै गम्भीर परिस्थितिमा सबै घरभित्रै बस्न आग्रह गरेका थिए । अलजजिरा