Trending :
 

कोरोनाका कारण विश्वभरमा ६९ हजार ४१८ जनाको निधन, १२ लाख बढिमा संक्रमण

चैत्र २४,२०७६

-

चैत २४,२०७६ काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९)बाट ज्यान गुमाउनेको संख्या ७० हजार नजिक पुगेको छ । सोमबार बिहान ६ बजेसम्म कोरोनाका कारण विश्वभरमा ६९ हजार ४१८ जनाको ज्यान गएको छ । 
 
९ लाख ४१ हजार ८४३ जनाको जनाको अहिले पनि उपचार भइरहेको छ । ४५ हजार ६१९ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख ९६ हजार २१५ जनाको अवस्था गम्भीर रहेको छ । 
 
कोरोना भाइसको संक्रमण भएर उपचारका लागि अस्पताल पुगेका मध्ये २ लाख ६१ हजार ४८५ संक्रमित स्वस्थ्य भएर घर फर्किसकेका छन् ।  
 
सबैभन्दा धेरै इटलीमा १५ हजार ८८७ जनाको कोरोनाका कारण ज्यान गएको छ । स्पेनमा १२ हजार ६४१, अमेरिकामा ९ हजार ६१०, फ्रान्समा ८ हजार ७८ जनाको मृत्यु भइसकेको छ । 
 
अहिलेसम्म विश्वका १२ लाख ७२ हजार ७३७ जनामा कोरोनाको संक्रमण देखिसकेको छ । 
 
नेपालमा अहिलेसम्म ९ जनामा यो संक्रमण देखिसकेको छ । आठजना उपचाररत छन् र उनीहरुको अवस्था सामान्य रहेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । एकजना उपचारपछि स्वस्थ्य भएर घर फर्किसकेका छन् । थप संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउन गरेको छ ।