कोरोना सङ्क्रमण रोकथाममा खटिने स्वयंसेविकालाई १५ सय भत्ता

चैत्र २४,२०७६

-

चैत २४,२०७६ काठमाडौं ।
 
सरकारले कोरोना व्याधि रोकथाम, नियन्त्रणका लागि खटिने स्वयम्सेविकालाई एकपटक खटिएवापत् १५ सय भत्ता उपलब्ध गराउने भएको छ ।
 
नेपालभर ५० हजार ग्रामीण स्वास्थ्य स्वयमसेविका रहेको तथ्यांक छ । यसअघि उनीहरूलाई भिटामिन ए, पोलियो थोपा खुवाउन वडा नै पिच्छे खटाउँदै आएको थियो ।
 
आइतबार बसेको कोरोना सङ्क्रमण रोकथा तथा नियन्त्रण उच्चस्तरीय समितिले उनीहरूलाई पनि परिचालन गर्ने निर्णय गरेको थियो ।
 
सरकारले पहिलो चरणमा क्वारेन्टाइनमा बस्नुपर्ने मानिसहरू बसे नबसेको, नियम पालना गरे नगरेको अनुगमन गर्ने महिला स्वयम्सेविका परिचालन गरिने सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।